विमानस्थलको सफ्टवेयरमा बारम्बार समस्या, रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति

२५ असोज ७५, शुक्रबार

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर बारम्बार बिग्रिएपछि अध्यागमन अधिकारीहरूले रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति दिएका छन् ।

Advertisement

गत सोमबार दिउँसो एक बजे करिब एक घन्टासम्म नेपालबाट विदेश जाने यात्रुको रेकर्ड राख्ने इमी सफ्टवेयरले काम गरेको थिएन।

यात्रुको लामो लाइनमा रहेका बेला अचानक पीआरएम अर्थात् पासपोर्ट रिडेबल मेसिनमार्फत इमी सफ्टवेयरमा डाटा इन्ट्री गर्ने काम बन्द भएको थियो। यात्रुको चाप र त्यही बेला सफ्टवेयरमा खराबी आएपछि अध्यागमन अधिकारीले सामान्य जाँच र पासपोर्ट पढेर प्रस्थान अनुमति दिएका थिए।

Advertisement

एक अध्यागमन अधिकृतका अनुसार सफ्टवेयर बारम्बार ह्याङ हुने समस्या नौलो होइन ।,आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top