विराटनगर : सित्तैमा गरगहना सफा गरिदिने भन्दै सर्वसाधारण ठगी गर्ने दुई भारतीय नागरिक सुनसरीको रामधुनीबाट पक्राउ परेका छन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
रामधुनी नगरपालिका– ७ बस्ने मन्दिरा गिरीलाई ललाई– फकाई सित्तैमा गहना सफा गरिदिने प्रलोभनमा पारी गलाएर भाग्ने भारत, फारबिसगञ्जका राजु साह र मुकेश साह पक्राउ परेका हुन् ।
बेसार दलेर सिक्री फिर्ता गरेका भारतीय नागरिकले केमिकलले गलाएर टुक्रिएको सुन लिएर भागेपछि स्थानीयबासीले पक्राउ गरी प्रहरीमा बुझाएका थिए ।