हच्किए वामदेव

काठमाडौं : चौतर्फी आलोचना भएपछि वामदेव गौतम उपचुनावमाफर्त संसद्मा छिर्ने योजनाबाट पछि हटेका छन्। पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना भएपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्शपछि गौतमले सांसद् बन्ने योजनाबाट पछि हट्ने मनस्थितिमा पुगेका हुन्।

उनले सम्भवत शुक्रबार विज्ञप्तिमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने छन्। ‘समय, परिस्थिति र भूगोल छनौट पनि उपयुक्त नभएको, चुनावमा लड्ने योजनाले पार्टी र स्वंम वामदेवमाथि आक्रमण तीव्र भएकोले अब उहाँ प्रतिनिधिसभामा जाने विषयमै पुनर्विचारको अवस्थामा पुग्नुभएको छ’, गौतम निकट एक नेताले अन्नपूर्णसँग भने, ‘उहाँले अब वक्तव्यमार्फत आफ्ना कुरा सार्वजनिक गर्नुहुन्छ।’

पार्टी एकताको सुत्रधार आफू प्रतिनिधिसभामा नुहँदा संसद् र सरकारको काम प्रभावकारी बन्न नसकेको भन्दै गौतमले सांसद् प्रवेशलाई महत्व दिएका थिए। संसद् प्रवेशको उनको चाहलाई पार्टीभित्रै धेरै नेताले ‘शंका’ को दृष्टिले हेरेका छन्।

Advertisement

आफू प्रतिनिधिसभा पुग्नका लागि गौतमले पार्टी सांसदलाई राजीनामा गराउने प्रयत्नमा धेरै अघिदेखि लागे पनि कतै सफल भएका थिएनन्। काठमाडौं ७ का सांसद रामवीर मानन्धरले ठाउँ छाड्न तयार भएपछि गौतम निक्कै उत्साहित देखिएका थिए। तर बुधबारबाट भने उनी काठमाडौं ७ मा चुनाव लडने योजनाबाट हच्किएका छन्।

पार्टी शीर्ष नेताकै असहयोग हुनसक्ने, वागी उम्मेदवार खडा गर्न सक्ने र बर्दिया चुनावमा जसले हराउन भूमिका खेले उनैले अघोषित विरोधी गठबन्धन बनाउन सक्ने देखेपछि उनी पछि हटने निष्र्कषमा पुगेका हुन्। गौतम निकट स्रोत भन्छ, ‘पार्टीभित्रै घेराबन्दी हुने देखेपछि उहाँ पछि हट्ने मनस्थितिमा पुग्नुभएको हो।’ ,यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top