बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ माथि, ९५को मात्रै सनाखत

१७ भदौ ८३, बुधबार
Share this
781shares

१७ भदौ , काठमाण्डौ ।

Advertisement

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी निधन भएका १ हजार १ सय २७ जनाको शव फेला परेको बताएको छ । प्राधिकरणको बुधवार बिहान ९ बजेसम्मको तथ्याङ्कअनुसार, बाढी र पहिरोजन्य विपद्मा परी हालसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुगेको हो । प्राधिकरणकाअनुसार बाढी र पहिरो परी निधन भएकाहरु चितवनमा सबैभन्दा बढी रहेका छन् ।

रसुवाको भोटेकोशी बाढी अपडेट :

Advertisement

मानवीय क्षति

चितवन ३ सय ४८ जनाको शव फेला

Advertisement

नवलपरासी पूर्वमा २ सय १७

नवलपरासी पश्चिममा १ सय ९०

नुवाकोटमा १ सय ५५

गोरखामा ६६

धादिङमा ५९

रसुवामा ४१

तनहुँमा ३८ जनाको शव फेला
फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत

फेला परेका शव कस्ता ?

३१ बलक

४५ बालिका

२२७ महिला

३९७ पुरुष

४२७ वटा शरीरका आंशिक अङ्ग मात्रै फेला

विपद्मामा घाइतेको विवरण :

हालसम्म २९२ जना घाइते

१८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज

नेपाली सेनामा २ हजार ९ सय १५

सशस्त्र प्रहरी बलमा १ हजार १ सय ५५ जनाको उपचार

विपद्का कारण सम्पर्कविहीन :

करिव ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन

विपद्का बेपत्ता हुनेहरूमा

सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, पर्यटक तथा स्थानीय बासिन्दा र जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरू

हालसम्मको सफल उद्धार :

हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार

उद्धार कार्यका लागि २१,३१४ सुरक्षाकर्मी परिचालन

नेपाली सेनाका ९ हजार १ सय ९९

नेपाल प्रहरीका ७ हजार ९ सय १२

सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना परिचालन

कतिलाई गरियो उद्धार ?

नेपाली सेनाले ६ सय २२ पटक हवाई उडान गरी ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको उद्धार

३ हजार ४ सय ५३ जना विभिन्न जिल्लाका होल्डिङ सेन्टरहरूमा

सरकारले प्रभावित जिल्ला र पालिकाहरूका लागि राहत रकम निकासा गरेको छ । रसुवा र नुवाकोट जिल्लालाई १÷१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । यसका साथै प्रभावित १५ वटा पालिकाका लागि थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ ।

राहत सामग्रीतर्फ ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पु¥याइएको छ । दुर्गम क्षेत्रहरूमा ७७ पटक हेलिकप्टर उडानमार्फत राहत सामग्री ढुवानी गरिएको छ । प्रभावित क्षेत्रमा अत्यावश्यक इन्धनको मौज्दात सुरक्षित राखिएको छ ।

हाल ४९ हजार लिटर डिजेल, १९ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ । सञ्चार क्षेत्रमा परेको असरलाई मत्थर पार्दै नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटा टावरमध्ये सबै सञ्चालनमा ल्याइएको छ । यस्तै, एनसेलका ७८ क्षतिग्रस्त टावरमध्ये ७५ वटा सञ्चालनमा आइसकेका छन् ।

बाँकी टावरहरूको मर्मत कार्य जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ । भोटेकोसीको बाढीमा आफन्त बेपत्ता भएको आठ दिन बितिसक्दा पनि यथार्थ विवरण नपाएपछि रसुवा र नुवाकोटका केही परिवारले अब खोजी छाडेर अन्तिम संस्कारको तयारी गर्न थालेका छन्।

उनीहरूले कुशको शव बनाएर अन्त्येष्टि सुरु गरेका हुन्। भदौ १० गते आएको बाढीमा उनीहरू बेपत्ता भएका थिए। आठ दिन बित्दा समेत कुनै जानकारी नआएपछि जीवित भेटिने सम्भावना नरहेको भन्दै पीडित परिवारले अन्त्येष्टिको प्रक्रिया अघि बढाएका हुन्।

बाढीले अहिलेसम्म रसुवाका दुई वडा र नुवाकोटको विदुर नगरपालिकाका सात वडाका धेरै मानिस बेपत्ता भएको पुष्टि भएको छ। कति जना अझै हराइरहेका छन् भन्ने पूर्ण विवरण भने आइसकेको छैन। विदुर नगरपालिका–१० का अध्यक्ष गणेशकुमार नेपालका अनुसार वेत्रावती बजारमा मात्र २४३ जना बेपत्ता भएका छन्।

हराइरहेकाका आफन्तले अन्तिम संस्कार गर्ने भनेर आफूलाई जानकारी दिएको उनी बताउँछन्। वेत्रावतीमा मात्र ३१४ घरमा बाढीले क्षति पु¥याएको र १२ सय परिवार विस्थापित भएको अनुमान छ । भदौ १५ गते वेत्रावतीकै एक घरबाट २३ वटा शव फेला परेको थियो।

तर शव भेटिन थाले पनि बाढीपछि हराइरहेका मानिसको सम्पूर्ण विवरण अझै खुल्न सकेको छैन। यहाँबाट हराइरहेकामध्ये कतिपय भाडामा बसेका पनि थिए। उनीहरूका आफन्तले आफ्ना मानिसको खोजी गरिरहेका छन्। त्रिशूली र ढुङगे बजार पर्ने बिदुरकै १ नम्बर वडाका अध्यक्ष लेलिन रन्जित पनि बेपत्ताको स्थिति पत्ता नलागेपछि कुशको शव बनाएर अन्तिम संस्कारमा आफन्त जुटेको बताउँछन् ।

उनको वडामा बेपत्तामध्ये पनि सबैभन्दा बढी जोशी परिवारको भएको उनले बताए। बाढी आउने बखत त्रिशुली र ढुङ्गे बजारमा २७ सय मानिस रहेको हुनसक्ने अनुमान छ । बाढीले तहसनहस पारेको बिदुरकै वडा नम्बर ५ र ७ का बेपत्ता फेला नपरेपछि काजकिरिया थालेका छन् ।

७ नम्बर वडाका अध्यक्ष रवीन्द्र नेपालका अनुसार बाढीले तीनवटा मुख्य बजार नै बगाएको छ । तुप्चे, सोले, सेतीटार र अक्करेमा ६५ जना बाढीमा हराएको पुष्टि भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top