काठमाडौँ महानगरपालिकाद्वारा लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क जलन उपचार

२६ भदौ ८३, शुक्रबार
Share this
722shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गका जलनपीडितलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउने भएको छ। यसका लागि महानगरपालिकाले कीर्तिपुर अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। महानगरपालिका र कीर्तिपुर अस्पतालबीच भएको सम्झौताअनुसार अति विपन्न, हिंसा पीडित, बेवारिसे तथा महानगर क्षेत्रका स्थायी बासिन्दा, जनप्रतिनिधि, कर्मचारी र उनीहरूका परिवारले यो सुविधा पाउनेछन्।

Advertisement

महानगरपालिकाले ‘जलन उपचार कोष’ मा १ करोड र औजार तथा उपकरणका लागि थप १ करोड रुपैयाँ उपलब्ध गराएको हो। अस्पताललाई एनेस्थेसिया मेसिन, जेनेरेटर र डिजिटल एक्स–रे मेसिनसमेत हस्तान्तरण गरिएको छ।महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पैसा अभावमा जलनपीडित उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न कोष स्थापना गरिएको बताइन्। उनका अनुसार जलनबाट बच्ने उपाय, प्राथमिक उपचार र सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा तालिमसमेत सञ्चालन गरिनेछ। सम्झौताअनुसार क्याबिन, ईएचएस र कस्मेटिक उपचारमा भने कोषको रकम प्रयोग गर्न पाइनेछैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top