६ असोज ,काठमाण्डौ ।
अमेरिकाको प्रतिष्ठित बोस्टन युनिभर्सिटीकी प्राध्यापक तथा वित्त क्षेत्रकी विज्ञ प्रोफेसर इरेना भोदेन्स्का आज काठमाडौंको कमलादीस्थित मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजमा आयोजना भइरहेको विशेष अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएकी छन् ।
एमआईटी कलेज र इन्टरनेसनल अमेरिकन युनिभर्सिटीको संयुक्त सहकार्यमा आयोजना गरिएको कार्यक्रममा स्थानीय वित्तीय अनुभव, विश्वव्यापी वित्तीय अभ्यास तथा डिजिटल प्रविधिले वित्त क्षेत्रमा ल्याइरहेको परिवर्तनबारे छलफल भइरहेको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागको फाइनान्स सब्जेक्ट कमिटीका अध्यक्ष असिस्टेन्ट प्रोफेसर भरत सिंह थापाले लोकल इन्साइट्स विषयमा आफ्नो प्रस्तुति दिइरहेका छन्।
त्यस्तै, बोस्टन युनिभर्सिटी मेट्रोपोलिटन कलेजअन्तर्गत फाइनान्स प्रोग्रामकी निर्देशकसमेत रहेकी प्रोफेसर भोदेन्स्काले न्यिदब िएभचकउभअतष्खभक विषयमा अन्तर्राष्ट्रिय वित्तीय अभ्यास र वर्तमान प्रवृत्तिबारे आफ्नो धारणा प्रस्तुत गर्नेछिन्।
कार्यक्रममा दुवै विज्ञबीच फाइनान्सियल यिबोन्ड बोर्डस् विषयमा ४५ मिनेटको मध्यस्थतासहितको प्यानल छलफलसमेत आयोजना गरिएको छ। त्यसपछि विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया तथा प्रश्नोत्तर सत्र सञ्चालन हुनेछ।
विशेषगरी बीबीए र एमबीए तहमा फाइनान्स तथा बैंकिङ अध्ययनरत विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय वित्तीय अभ्यास, डिजिटल फिनटेक तथा बदलिँदो वित्तीय क्षेत्रबारे प्रत्यक्ष रूपमा विज्ञसँग सिक्ने अवसरका रूपमा कार्यक्रमलाई लिइएको छ। अन्तर्राष्ट्रिय शैक्षिक अनुभव र व्यावहारिक ज्ञान विद्यार्थीमाझ पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको एमआईटी कलेजले जनाएको छ।




