इलाम : माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मार्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाई कर्मचारी मात्र कार्यरत रहँदा कार्यालय समयमा काम नहुने, पटक पटक नगरपालिका धाउनुपर्ने समस्या पर्न गएको छ ।
क्र्मचारी अभाव भएपछि पशुप्राविधिकले वडा सचिवको कार्यभार सम्हाल्दैछन् । नगरको वडा नं ९, १० र नगरपालिकामा समेत एकैजना कर्मचारीले काम गर्नुपर्ने अवस्था छ ।
नगर उपप्रमुख बिष्णुमाया रिमालले भनिन्,“नगरपालिका सँग कर्मचारी राख्ने स्थानीय स्रोत पनि छैन । धेरै तिर कर्मचारी माग पनि गयौँ तर कतैबाट पहल भएन ।”
नगरपालिकामा नै पनि ५९ दरबन्दीमा ९ मात्र स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।