दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

२८ असोज ७५, सोमबार

सोल, असोज २९
उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ ।कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना गरिने भएको छ ।

सो कार्यक्रमपछि यो रेलमार्ग निर्माणसम्बन्धी कार्यको शुरुआत गरिने पनि समाचारमा जनाइएको छ ।दुई कोरियाबीचको यो सहमति कोरियाली प्रायद्वीपमा रहेका पानमुन्जोम गाउँ र दक्षिण कोरियाली क्षेत्रमा रहेको शान्ति भवनमा भएका विभिन्न उच्चस्तरीय वार्तापछि भएको योन्हाप समाचार समितिले जानकारी दिएको छ ।

दुवै देशका प्राविधिकहरु र रेल सेवा विभागका अधिकारीहरुले गरेको स्थलगत निरीक्षणपछि सो सहमति भएको थियो । रेलमार्ग निर्माणका लागि स्थलगत निरीक्षण गर्नका लागि पनि शुरुमा दुई कोरियाबीच पत्राचार भएको समाचारमा जनाइएको छ ।
रासस÷सिन्ह्वा

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top