शिक्षकलाई सवारी खरिदमा सहुलियत दिइने

२३ असोज ८३, शुक्रबार
Share this
748shares

२३ असोज , काठमाण्डौ ।

Advertisement

शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाइयो ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु. ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु. ४० लाखसम्मको सवारीसाधन खरिद गर्न सक्ने ।

Advertisement

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले रु. ४ लाखसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव ।

Advertisement

सवारीसाधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप बेहोर्ने व्यवस्था नियमावलीमा राखियो ।

शिक्षकले बाँकी २० प्रतिशत रकम आफैँ व्यवस्थापन गरी सवारीसाधन खरिद गर्न सक्ने ।

शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैँकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्ने व्यवस्था ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top