एक महिना बराबरको ‘चाडपर्व खर्च’ दिन सरकारको निर्देशन

२३ असोज ८३, शुक्रबार
Share this
691shares

२३ असोज , काठमाण्डौ ।

Advertisement

श्रमिकलाई अनिवार्य ‘चाडपर्व खर्च’ दिन रोजगारदातालाई श्रम विभागको निर्देशन ।

श्रम ऐनअनुसार प्रत्येक श्रमिकले वर्षमा एकपटक खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम पाउने ।

Advertisement

प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि रोजगारदाता तथा प्रतिष्ठानले अनिवार्य रूपमा खर्च उपलब्ध गराउनुपर्ने।

सुविधा नदिए श्रमिकले सम्बन्धित श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने ।

Advertisement

कानुनी सुविधा नदिने रोजगारदाताविरुद्ध श्रमिकले आफ्नो कार्यक्षेत्रअनुसार सम्बन्धित निकायमा गुनासो गर्न सक्ने ।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक वर्ष पाउनुपर्ने चाडपर्व खर्चबाट कुनै श्रमिकलाई वञ्चित गर्न नपाइने ।

रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनी व्यवस्था कार्यान्वयन गर्न विभागको निर्देशन ।

उजुरी तथा गुनासोका लागि विभागको वेबसाइट, इमेल र उपलब्ध गराइएको क्यूआर कोडमार्फत समेत सम्पर्क गर्न सकिने विभागको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top