कुन रोगका बिरामीले के खाने, के नखाने ? यी कुरा ध्यान दिनुहोस

विराटनगर, असोज ३१
चाडबाड भन्नेबित्तिकै रमाइलो गर्ने, मिठो खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका परिकार बढी प्रयोग हुने गर्छ । यस्तो बेला हामी बढी मसलेदार खाना खान्छौं र शारीरिक अभ्यासमा पनि ध्यान दिँदैनौं ।

यही कारण चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ । अझ दीर्घ रोगी त झन् बढी खतरामा रहन्छन् । त्यसकारण चाडबाडका बेला खानपिनमा विशेष ध्यान दिन जरुरी छ । मासुका परिकार र चिल्लो खाना ठिक्क खाने र सँगसँगै तरकारी, फलफूल, सलाद, दाल सबै मिलाएर खाएमा स्वास्थ्यलाई हानि हुँदैन ।

चिल्लो खानाका कारण शरीरमा बोसो जम्मा हुने हुँदा धेरै मानिस बिरामी पर्छन् । चाडबाडमा दीर्घरोगीहरूले खानपिनमा ध्यान नदिँदा गम्भीर अवस्थामा अस्पतालमा पु¥याउनुपरेका थुप्रै उदाहरण छन् । मासुले हानि मात्रै गर्छ भन्ने होइन तर खाने बेलामा ध्यान दिइएन भने त्यसले थप समस्या निम्त्याउँछ ।

Advertisement

मोटो शरीर, रगतमा कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका व्यक्तिले सकभर मासु नखानु राम्रो हुन्छ । भेटघाट, रमाइलो गर्नेभन्दा पनि स्वादको पछाडि लागेर खानपिनमा सामान्य हेलचेक्र्याइँ गर्दा धेरैको चाडबाड अस्पतालमा बित्ने गरेको हुन्छ ।

कुन रोगका बिरामीले के खाने, के नखाने ?

Advertisement

मधुमेहका बिरामी
चाडबाडको समयमा मधुमेहका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन । यस्ता बिरामीले आलुको अचार, ड्राइफुड, जंक फुड, बोसो भएको मासु नखानु बेस हुन्छ । बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, आइसक्रिम, जाम, जेली, सक्खर, तेलमा तारेका खाना वा बोसो जन्य उत्पादन आदि खानु हँुदैन ।

धुमपान र मद्यपान गर्नु हुँदैन । मधुमेहीले थोरै मात्रामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा कर्नफ्लेक्स, चाउमिन, गेडागुडी खान हुन्छ । माछा, मासु, अन्डा, फलफूल, वनस्पति तेल थोरै खाने तर स्वास्थ्यको ख्याल गरेर । मधुमेहका रोगीले स्वस्थ मानिससरह हरिया सागसब्जी, करेला, काउली, गोलभेडा, इस्कुस, घिरांैला, सलाद, साग, काँक्रो, सेतो मुला, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुंगो, गाँजर, कागती आदि खान मिल्छ । यस्तै पेय पदार्थमा चिनी तथा घ्यु नभएका चिया, कफी, सुप खान सकिन्छ । खाना खानै परे पनि नियमित क्रियाकलाप र शारीरिक व्यायम पनि गर्न जरुरी छ ।

बाथका रोगी
बाथ रोग भएकाहरूले चाडबाडको समयमा रेड मिट (रातो मासु) अर्थात् खसी, राँगा आदिको मासु र रक्सी खानुहुन्न । साकाहारी भए पनि गोलभेडा, पालुंगोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ । खानै परेमा थोरै मात्र खाने तर बिहान शारीरिक अभ्यास गर्ने । बाथ अव्यवस्थित खानाको कारणले गर्दा हुने रोग भएकाले बढी चिल्लो, प्रोटिनयुक्त खाना नखाने तथा मदिरा र धुम्रपान नगर्दा नै राम्रो हुन्छ ।

कलेजोका बिरामी
विशेषगरी मदिरा, बोसोयुक्त र चिल्लो खानाकै कारण कलेजोमा समस्या निम्तने हो । चाडबाडको समयमा खानामा ध्यान नदिँदा कलेजो बिग्रन सक्छ । मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ । रक्सीलाई पचाउने काम कलेजोको हो । कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यस क्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । ऊर्जा खर्च भएन भने त्यो बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुन पुग्छ । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकोले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । यसका लागि नियमित व्यायाम गर्न जरुरी छ ।

मुटुरोगका बिरामी
नेपालीको भान्सामा पाक्ने खानेकुरा सामान्य चाडबाडमा मात्र नभई अन्य समयमा पनि मुटुका लागि उपयुक्त हुँदैन । दसैंको समयमा बढीजसो रातो मासुका परिकार बनाउने गरिन्छ, यो मुटु रोगीका लागि झनै हानिकारक हो । मुटुका बिरामीले विशेषगरी चाडबाडको समयमा स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । रातो मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछामासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुराबाट पनि टाढा रहनुपर्छ । मुटुका बिरामीहरूले एक–दुई टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानु नै सबैभन्दा उत्तम उपाय हो ।

मिर्गौला रोगी
दसैैंको सयममा नेपालीहरूले खाना होस् या खाजास मासु छुटाउँदैनन् । दसैंमा मासुभात, मासुचिउरा तथा मासुका अनेक परिकारसँगै मसालेदार र अधिक चिल्लो भएका खानेकुरा बढी प्रयोग हुन्छ । यसका साथै मदिरा पनि अत्यधिक मात्रामा पिउने गरिन्छ । चिल्लो र मदिराको अव्यवस्थित खानपानका कारण मिर्गौला असन्तुलन हुन गई फेलसमेत हुन सक्ने सम्भावना रहन्छ । त्यस कारण मिर्गौला रोग लागिसकेकाले चाडबाडमा मासु र अत्यधिक चिल्लो खानु हुँदैन । सामान्य समस्या देखिएकाले पनि मदिरा र खानपिनमा ध्यान नदिँदा मिर्गौलाको नियमित प्रक्रियामा असर पुग्न सक्छ ।

उच्च रक्तचाप
मासुको परिकार धेरै चिल्लो हुने भएकाले उच्च रक्तचाप भएकाले यस्तो परिकार खानु हुँदैन । रातो मासु र चिल्लो दुवै रक्तचापका बिरामीलाई हानिकारक हुन् । यो समयमा स्वास्थ्यको समस्याबाट जोगिन रातो मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा र माछा पनि धेरै नखाने, चिल्लो बढी भएका माछामासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा खानु हुँदैन ।

Advertisement

भर्खरको समाचार

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top