एलपी ग्यासको संयुक्त बिक्री आजसम्म मात्र

२८ असोज ८३, बुधबार
Share this
767shares

२८ असोज , काठमाण्डौ ।

Advertisement

काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि भन्दै नेपाल एलपी ग्यास उद्योग संघले सबै ब्रान्डका ग्यास सिलिन्डर संयुक्त रूपमा बिक्री गर्ने व्यवस्था आज बुधबारसम्म मात्र कायम रहने ।

संघले नेपाल आयल निगममार्फत भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यास आयात भइरहेको र भदौमा मात्रै उपत्यकामा ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री भएको जनायो ।

Advertisement

चाडपर्वको समयमा उपभोक्ताले सहज रूपमा ग्यास नपाएको तथा एउटा ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न समस्या भएको गुनासो आएपछि संयुक्त बिक्री वितरणको व्यवस्था ।

उक्त व्यवस्था असोज २५ गते आइतबारदेखि असोज ३० गते शुक्रबारसम्म लागु गर्ने भनिएको थियो ।

Advertisement

तर, डिलरमार्फत नियमित रूपमा ग्यास आपूर्ति गर्नुपर्ने भन्दै व्यवस्था असोज २८ गते बुधबारसम्म मात्र लागु हुने संघको जानकारी ।

अब नियमित रूपमा डिलरमार्फत ग्यास बिक्री हुने भएकाले उपभोक्तालाई नजिकको डिलरबाट ग्यास खरिद गर्न संघको आग्रह ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top