२८ असोज , काठमाण्डौ ।
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा काभ्रेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन ।
राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाह बुधबार बिहान पलाञ्चोक भगवती मन्दिर पुगे ।

पलाञ्चोक भगवतीको नित्य पूजाको समयमा मन्दिर पुगेका शाहले भगवतीको दर्शन गरी फर्किएको पाँचखाल–९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले दिए जानकारी ।
प्रधानमन्त्री शाहको पलाञ्चोक भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी नगराइएको पाइयो ।

प्रधानमन्त्री शाहसँगका सुरक्षाकर्मी समेत सिभिलमै ।
नवरात्र सुरु भएसँगै पलाञ्चोक भगवती मन्दिरमा धार्मिक गतिविधि बढ्दो ।
पलाञ्चोक भगवती मन्दिरमा प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा ।



