२९ असोज , काठमाण्डौ ।
आफूसँग जोडेर एक महिलामाथि भइरहेको टीकाटिप्पणी र प्रचारप्रसारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको आपत्ति ।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै कुनै छानबिन वा कारबाही गर्नुपर्ने भए आफूलाई गर्नुपर्ने, तर निर्दोष महिलालाई दुःख दिन नहुने सुनारको भनाइ ।

सुनारले महिलाको तस्बिर, अडियो र भिडियो जोडेर मिडिया ट्रायल तथा अतिरञ्जित प्रचार गरिएको आरोप लगाए ।
आफूबाट कुनै गल्ती भएको भए प्रहरी, अदालत वा सम्बन्धित निकायबाट अनुसन्धान गरी कानुनअनुसार सजाय दिन सकिने सुनारको भनाइ छ।

प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पटक–पटक भेट्न बोलाएको तथा मुद्दा हाल्न भनेको दाबीसमेत गरेका खगेन्द्रले आफू र सम्बन्धित महिलालाई एकैपटक सिध्याउने धम्की दिइएको लगाए आरोप ।
आफूले उठाएका विषयमा प्रश्न गर्न नपाइने भन्ने नरहेको उल्लेख गर्दै सुनारले आफूमाथि लागेका प्रत्येक आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरे ।
‘जे कारबाही हो, ममाथि होस् मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन,’ उनले लेखेका छन्।
राज्यका निकाय, समाज र सञ्चारमाध्यमबाट महिलामाथि दुव्र्यवहार भएको आरोप लगाउँदै त्यसप्रति सुनारको आपत्ति ।



