३० असोज , काठमाण्डौ ।
बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाबाट सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण ।
गत आश्विन २५ गते बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट निरन्तर परिचालन ।

सेनाको हेलिकप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले बिहीबार पनि विभिन्न प्रभावित क्षेत्रमा उद्धार कार्य गर्याे ।
नेपाली सेनाका अनुसार बाढी प्रभावित फिलिम, छेकम्पार, आरुघाटलगायतका क्षेत्रबाट ११ जना विदेशी नागरिकसहित ७६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याइयो ।

बाढीका कारण सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम बस्तीमा खाद्यान्न अभाव हुन नदिन राहत सामग्री ढुवानीलाई समेत तीव्रता ।
सेनाको हेलिकप्टरमार्फत प्रभावित विभिन्न स्थानमा करिब ३ हजार ९ सय ६० किलोग्राम खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री ढुवानी ।



