राष्ट्रपतिले आमा मिथिलाको हातबाट लगाइन् टीका

/fi6«klt 6Lsf u|x0f /fi6«klt ljBfb]jL e08f/L ljhof bzdLdf cfdfsf] xftaf6 lztnlgjf;df z'qmaf/ 6Lsf tyf hd/f u|x0f ub}{ . t:jL/ M /Tg >]i7, /f;;

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शुभसाइतमै वडादशैंको टीका लगाएकी छन् ।

राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः ५१ को शुभसाइतमा हनुमानढोकास्थित दशैंघरका मुल पुजारी देवराज अर्यालले टीका लगाइदिएका हुन् ।

राष्ट्रप्रमुखलाई दशै घरका मुल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाईदिने परम्परा छ । टीका ग्रहणका बेला मंगल धुन बजाइएको थियो ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेको हातबाट पनि टीका लगाएकी छिन् । लगतै राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाइँलाई टीका र जमरा लगाइदिएकी छन् ।

राष्ट्रपति भण्डारीले अपरान्ह १ बजे प्रधानमन्त्रीलाई र अपराह्न ३ बजे पछि सर्वसाधारणका लागि टीका लगाइदिँदै छिन्।