सरकारले भारतीय फिल्म ‘उड्ता तीर’को प्रदर्शनमा लगायो प्रतिबन्ध

२ कात्तिक २०८३, सोमबार
Share this
651shares

२ कार्तिक , काठमाण्डौ ।

Advertisement

भारतीय फिल्म ‘उड्ता तिर’लाई नेपालमा सार्वजनिक प्रदर्शनका लागि अनुमति नदिने सरकारको निर्णय ।

सूचना तथा सञ्चार मन्त्रालयले फिल्मका वितरक नेसनल सिने ग्रुप नेपाललाई पत्र पठाउँदै प्रदर्शन अनुमति दिन नसकिने जानकारी गरायो ।

Advertisement

मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले पठाएको पत्रमा चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपदफा ३ ले निषेध गरेका विषयवस्तु समावेश भएकाले सार्वजनिक प्रदर्शनको अनुमति दिन नसकिने उल्लेख ।

केन्द्रीय चलचित्र जाँच समितिले केही दिनअघि फिल्मको जाँच गरेको थियो ।

Advertisement

आकाश कौशिकको निर्देशनमा बनेको यो फिल्म शुक्रबारदेखि प्रदर्शन गर्ने तयारी थियो ।

आयुष्मान खुराना र सारा अली खान मुख्य भूमिकामा रहेको ‘उड्ता तिर’ हिन्दी स्पाइ कमेडी फिल्म हो ।

फिल्मको कथामा स्मरणशक्ति गुमाएको एक गुप्तचर भारत–पाकिस्तानको शून्य रेखामा अलमलिएर अड्किन्छ ।

फिल्ममा पाकिस्तानविरोधी कथावस्तु रहेको उल्लेख।

यसअघि पनि केन्द्रीय चलचित्र जाँच समितिले मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्न सक्ने विषयवस्तु भएका फिल्मलाई सार्वजनिक प्रदर्शनको अनुमति नदिने निर्णय गरेको थियो ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top