५ कार्तिक , काठमाण्डौ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस रेकर्ड ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बुधबार बिहान ५ः४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस थियो।
यस आधारमा आज बिहानको प्रारम्भिक मापनमा तापक्रम ०.७ डिग्रीले घटेको देखियो ।

यसैबीच, आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना नरहेको मौसमविद् लामिछानेको भनाइ ।
देशभर पनि आज मौसम सफा रहने ।



