६ कार्तिक , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने तीर्थाटनका लागि भारत जाने ।
लामिछाने आज कात्तिक ६ गते भारत प्रस्थान गर्ने उनको निजी सचिवालयको भनाइ ।

सचिवालयका अनुसार लामिछाने कात्तिक ६ गतेदेखि तीन दिनसम्म भारतमा रहने ।
तीर्थाटनका क्रममा उनले परिवारसहित भारतका विभिन्न धार्मिक स्थलमा पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम तय ।

लामिछानेले उत्तराखण्डको नैनीतालस्थित प्रसिद्ध कैंची धाममा पुगेर पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ भने आसामको गुवाहाटीस्थित प्रसिद्ध कामाख्या मन्दिरमा पनि परिवारसहित दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम ।
लामिछानेको भारत भ्रमण राजनीतिक कार्यक्रमभन्दा धार्मिक तथा व्यक्तिगत तीर्थाटनका रूपमा तय भएको सचिवालयको भनाइ ।



