तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३, शुक्रबार
Share this
644shares

६ कार्तिक , काठमाण्डौ ।

Advertisement

चीनको तिब्बत क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते ।

बिहीबार साँझ गएको ७ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको चीन सरकारको भनाइ ।

Advertisement

भूकम्पमा घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जना सामान्य घाइते ।

भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको चिनियाँ सञ्चारमाध्यमहरूको भनाइ ।

Advertisement

भूकम्पको केन्द्रबिन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर टाढा रहेको र भूकम्पका कारण सयौँ घरमा क्षति पुगेको उल्लेख ।

स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले कम्तीमा ३३९ घर भत्किएको जनाएका छन्।

प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम भइरहेका छन्।

भत्किएका संरचनामा थप मानिस फसेका छन् वा छैनन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी ।

सन् २०२४ को जनवरीयता चीनमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प भएको समाचारमा उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top