अल्टिमाको ११.११ अफरः १ हजार १११ रुपैयाँमै इयरबड्स, चार नयाँ स्मार्टवाच सार्वजनिक हुँदै

१३ कात्तिक २०८३, शुक्रबार
Share this
734shares

१३ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाली उपभोक्ता प्रविधि ब्रान्ड अल्टिमा लाइफस्टाइलले ‘क्रेजी ११.११’ अभियानमार्फत आफ्ना लोकप्रिय उत्पादनहरूमा विशेष छुट सार्वजनिक गरेको छ।

नोभेम्बर १ देखि ११ सम्म सञ्चालन हुने अभियानमा इयरबड्स, स्मार्टवाच, स्पिकर तथा पावर बैंकलगायतका उत्पादन वर्षकै न्यून मूल्यमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। अभियानलाई थप विशेष बनाउँदै अल्टिमाले चार नयाँ स्मार्टवाचसमेत सार्वजनिक गर्ने भएको छ।

Advertisement

ग्याम, पियर, दिवा र ई२०० एक्स२ नामका यी स्मार्टवाच विशेष सार्वजनिक मूल्यमा उपलब्ध हुनेछन्।कम्पनीका अनुसार अभियानअन्तर्गत अल्टिमा थन्डर स्मार्टवाचको मूल्य २९ हजार ९९९ रुपैयाँबाट घटाएर १३ हजार ९९९ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, बूम एक्स १ प्रो इयरबड्स २ हजार ९९९ रुपैयाँको सट्टा १ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ।

Advertisement

यसैगरी, २.४ के अल्ट्रा लोअरब्याक पावर बैंक ७ हजार ४९९ रुपैयाँबाट घटाएर ३ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। एटम डी२० इयरबड्सको मूल्य २ हजार ४९९ रुपैयाँबाट घटाएर १ हजार १११ रुपैयाँ तथा बड्स २ (ANC सहित) को मूल्य ३ हजार ४९९ रुपैयाँबाट घटाएर २ हजार १११ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, क्लियर माइक ७ हजार ९९९ रुपैयाँको सट्टा ३ हजार १११ रुपैयाँ र एस२० स्पिकर ६ हजार ५०० रुपैयाँको सट्टा ४ हजार १११ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यस अभियानसँगै सार्वजनिक हुन लागेका चार नयाँ स्मार्टवाचमध्ये ग्यामको सार्वजनिक मूल्य ६ हजार ९९९ रुपैयाँ, पियरको ५ हजार ९९९ रुपैयाँ, दिवाको ४ हजार ९९९ रुपैयाँ र ई२०० एक्स२ को ४ हजार ३९९ रुपैयाँ तोकिएको छ।

नयाँ स्मार्टवाचमध्ये ग्याम र पियरमा १.३२ इन्चको अल्ट्रा एमोलेड डिस्प्ले उपलब्ध छ। ग्याममा प्रिमियम म्याग्नेटिक सिलिकन स्ट्र्याप, जिङ्क एलोय फिनिस तथा आफूलाई मनपर्ने वालपेपर छनोट गर्न सकिने सुविधा रहेको कम्पनीको भनाइ छ। सामान्य प्रयोगमा यसको ब्याट्रीले ५ देखि ७ दिनसम्म काम गर्ने दाबी गरिएको छ।

त्यस्तै, पियरमा पनि अल्ट्रा एमोलेड डिस्प्ले, प्रिमियम सिलिकन स्ट्र्याप तथा स्वास्थ्य र फिटनेस ट्र्याकिङ सुविधा उपलब्ध छन्। दिवामा भने १.७२ इन्चको एचडी डिस्प्ले, जिङ्क एलोय बडी र म्याग्नेटिक मेटालिक स्ट्र्याप दिइएको छ। यसका साथै अतिरिक्त सिलिकन स्ट्र्यापसमेत उपलब्ध हुनेछ।

ई२०० एक्स२ युनिसेक्स डिजाइनमा सार्वजनिक हुँदैछ। नयाँ स्मार्टवाचहरूमा अल्टिमा फिट एपमार्फत स्वास्थ्य तथा फिटनेससम्बन्धी गतिविधि ट्र्याक गर्न सकिने कम्पनीले जनाएको छ। ‘क्रेजी ११.११’ अभियान नोभेम्बर १ बिहान १० बजेदेखि देशभरका अल्टिमाका आधिकारिक आउटलेटमा सुरु हुनेछ।

सोही दिन राति ८ बजेदेखि कम्पनीको आधिकारिक वेबसाइट Ultima.com.np लगायत दराज, जेभि, खाद्य र पाथाओ सपलगायतका अनलाइन प्लेटफर्ममार्फत पनि अभियान सुरु हुनेछ। नोभेम्बर ११ सम्म सञ्चालन हुने अभियानमा छनोट गरिएका उत्पादनहरू विशेष मूल्यमा खरिद गर्न सकिनेछन्।

यसैबीच, अल्टिमा लाइफस्टाइलले नोभेम्बर १ मा विराटनगरस्थित सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा आफ्नो १२औँ आधिकारिक आउटलेट उद्घाटन गर्ने भएको छ। नयाँ आउटलेटको उद्घाटनसँगै विराटनगरका ग्राहकलाई लक्षित गर्दै विशेष ‘स्पिन एन्ड विन’ अभियानसमेत सञ्चालन हुनेछ।

उक्त अभियानमा सहभागी भएर ग्राहकले विभिन्न आकर्षक पुरस्कारसँगै जोडीका लागि थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। यो विशेष योजना विराटनगरको नयाँ आउटलेटमा मात्र उपलब्ध हुनेछ।

नेपालमा स्थापित अल्टिमा लाइफस्टाइलले स्मार्टवाच, इयरबड्स, हेडफोन, स्पिकर तथा पावर बैंकलगायतका उपभोक्ता प्रविधिजन्य उत्पादन बिक्री गर्दै आएको छ। नयाँ उत्पादन सार्वजनिक, विशेष छुट र विराटनगरमा नयाँ आउटलेट विस्तारसँगै कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने लक्ष्य राखेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top