सुन ३२०० र चाँदी १०५ रुपैयाँले घट्यो, तोलाको मूल्य कति?

१३ कात्तिक २०८३, शुक्रबार
Share this
681shares

१३ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाली बजारमा शुक्रबार सुन र चाँदीदुवैको मूल्यमा गिरावट ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्यो ।

Advertisement

बिहीबार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ८० हजार ३०० रुपैयाँ कायम ।

यसअघि आइतबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको थियो ।

Advertisement

त्यसपछि लगातार उकालो लागेको सुनको मूल्य बिहीबारसम्म बढ्दै २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको थियो।

तर, शुक्रबार भने सुनको मूल्यमा पुनःगिरावट ।

यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य कमी ।

बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँमा झर्याे ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top