NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

दशैँ जस्ता चाडमा स्वस्थ्य खानपान

सोमवार कार्तिक ५ , २०७५
Reading Time: 1 min read
A A
दशैँ जस्ता चाडमा स्वस्थ्य खानपान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ,कात्तिक ५
धेरैजसो चाडपर्वमा मासु आदि मिष्ठान्न अनिवार्यजस्तै हुन्छ । प्रोटिनयुक्त खानेकुरा बढी खाने र फुर्सदको समय हुँदा आराम बढी गरिन्छ । खानपान बढी हुने र ब्यायम नहुनाले खाएको खानेकुरा अपच भएर धेरै बिरामी हुन्छन् ।

चाडबाडमा चिल्लो, पिरो, अमिलो तथा बोसोयुक्त खानेकुरा मन पराइन्छ । तर यी मात्र नभई यस्ता खानेकुरासँगै हरिया सागपात तथा ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ ।

चिल्लो, अमिलो, पिरो आदि खानेकुराले ग्याँस्ट्रिक बढाउने, टन्सिल हुने आदि समस्या सिर्जना गर्छ । त्यसका साथै कोलेस्ट्रोलसमेत वृद्धि हुन्छ । बोसोको मात्रा बढ्छ भने अपच हुने, कब्जियत, फुड प्वाइजनजस्ता समस्या देखा पर्छन् ।

LS Auto

चाडबाडमा मसलेदार परिकारलाई प्राथमिकता दिइन्छ । यस्ता परिकार पकाउँदा घरमै तयार गरिएको ताजा जिरा, धनियाँ, लसुन, प्याज आदि मसला प्रयोग गरिएको छ भने त्यसले त्यति असर गर्दैन तर बजारमा पाइने रेडिमेट मसलाको शुद्धताको ग्यारेन्टी गर्न नसकिने हुँदा तिनले शरीरमा मन्द विषको काम गर्छन्, त्यसैले घरमै तयार गरिएको मसला प्रयोग गर्नु उपयुक्त मानिन्छ ।

कति मासु खाने

एउटा जवान मानिसले एक दिनमा २ सय ५० ग्रामसम्म मासु खानु उपयुक्त हुन्छ । विश्व स्वास्थ्य संगठनले १ केजी तौल बराबर १ ग्राम प्रोटिन आवश्यक हुन्छ भनेको छ । २ सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्रामसम्म प्रोटिन हुने हुँदा दैनिक त्यति मासु खानु फाइदाजनक नै हुन्छ । मासु पकाउनुअघि नै छाला र बोसो हटाए उक्त मासु बढी स्वस्थकर हुन्छ । तेल कम प्रयोग गर्ने र सकेसम्म घिउ नखाने, तेल पनि सकभर तोरीकै प्रयोग गर्नुपर्छ ।

कस्तो मासु खाने ?

ताजा मासुलाई नै प्राथमिकता दिनुपर्छ । मासु बासी हो भने अलिकति बढी तेल तथा मसला हालेर मासुमा भएको पानी सुकाउनुपर्छ र पातलो कपडाले छोपेर नगुम्सिने गरी सुरक्षित राखेर खानुपर्छ ।

कस्तो समस्या भएकाले कस्तो मासु खाने ?

मधुमेह, उच्च रक्तचाप, किड्नीमा समस्या भएका तथा कोलेस्ट्रोल बढी भएका बिरामीले बोसोयुक्त मासु खानु हुँदैन । बोसो नभएको मासु पनि उसिनेर मात्र खानुपर्छ । उसिनेको मासुमा हल्का जिराको धूलो तथा कागती हालेर खानु उपयुक्तका साथै स्वादिष्ट समेत हुन्छ । स्वस्थ मानिसले पचाउन सक्ने कवाफ बनाएर खान सक्छन् । खसीको मासुमा धेरै बोसो हुने हुँदा त्यसले कोलेस्ट्रोल बढाउने, अपच हुनेदेखि लिएर फुड प्वाइजनसम्म हुन सक्छ । युरिक एसिडका बिरामीले रातो मासु खानु हुँदैन ।

खाद्यान्न समूह

तरकारी तथा गेडागुडी समूह माछा, मासु, अण्डा आदि समूह दूध अथवा दूधबाट बनेका परिकारका समूह फलफूलका समूह

व्यायाम

दसैंमा प्रोटिनयुक्त खानेकुरा बढी खाइने हुँदा मोटोपन वृद्धि हुने, ग्याँस्ट्रिक बढ्ने समस्या सामान्य हो । त्यसका लागि दैनिक व्यायाम गर्ने, नियमित रूपमा कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म हिँड्ने । यसले खाना पचाउन सहयोग गर्छ । ग्याँस्ट्रिक कम गर्न उसिनेको तथा रसयुक्त मासु खानु उपयुक्त हुन्छ । दसैंमा मासु मात्र नखाएर सन्तुलित भोजन गर्नुपर्छ । पाँचै समूहका खाना मिलाएर खाए स्वास्थ्यमा नकारात्मक असर पर्दैन ।

पेयपदार्थ कति खाने ?

दसैंको अर्को आकर्षण पेयपदार्थ तथा मदिरा पनि हो । पेयपदार्थ ९कोल्ड ड्रिंक्स० मा प्रशस्त मात्रामा चिनी हुन्छ । एक गिलास ९२५ (एमएल) कोकमा २७ ग्राम चिनी हुन्छ । एक दिनमा २० ग्रामसम्म चिनी खान सकिन्छ । बढी चिनी प्रयोग गर्दा मधुमेह हुन सक्छ । मदिराको सेवनबाट उच्च रक्तचाप, कलेजोमा खराबी तथा क्यान्सरजस्ता रोग लाग्न सक्छन् ।

फलफूल बढी, नुन कम खाने

फलफूल तथा तरकारी दिनमा ५ सय ग्रामभन्दा बढी खानुपर्छ । दसैंमा थोरै मासु तथा सागपात, मुला, काँक्रा, गाजरजस्ता तरकारी एवंफलफूल बढी प्रयोग गरे विभिन्न रोगबाट जोगिन सकिन्छ । तरकारी तथा फलफूलले उच्च रक्तचाप घटाउँछ, मुटुरोग कम गर्छ अनि पाचन प्रणाली बलियो बनाउँछ । यस्तै नुनको प्रयोग सकेसम्म कम गर्नु स्वास्थ्यका दृष्टिले उपयुक्त हो । मासु र अचारमा नुनको मात्रा बढी हुन्छ । एक दिनमा ५ देखि ८ ग्राम (एक चिया चम्चा) नुन सेवन गर्न सकिन्छ । नुनले उच्च रक्तचापका बिरामीलाई नकारात्मक असर गर्छ ।

साप्ताहिकबाट

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.