सन्दीपले अष्ट्रेलियाको बिग बास क्रिकेट खेल्ने, मेलबोर्न स्टार्ससँग आबद्ध

काठमाडौँ, कात्तिक ६
नेपालका स्टार स्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा हुने बिग बास क्रिकेट खेल्ने भएका छन् । उनी बिग ब्यासमा मेलबोर्न स्टार्ससँग आबद्ध भएका हुन् ।

यसै वर्ष नोभेम्बरमा हुने दक्षिण अफ्रीकाको टि–२० लिगको ड्राफ्टबाट नाम फिर्ता लिएका सन्दीपको यो अर्को सफलता हो ।

भारतको इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्लीबाट उत्कृष्ट प्रदर्शन गरेका लामिछाने एसोसिएट राष्ट्रबाट बिग बास खेल्ने पहिलो खेलाडी हुनेछन्।

Advertisement

दिल्ली डेयरडेभिल्सबाट व्यवसायिक क्रिकेट थालेका सन्दीपले ग्लोबल टी–२० क्यानडा,क्यारेवियन प्रिमियर लिग जस्ता विश्वचर्चित लिगमा खेली सकेका छन् ।

त्यस्तै अफगानिस्तान प्रिमियर लिग र युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी–१० मा पनि अनुबन्धीत भएका छन् ।अस्ट्रेलियाको ग्रेड क्रिकेटमा खेल्दै सन् २०१६ मा सन्दीपले माइकल क्लार्कको निरीक्षणमा प्रशिक्षण लिएका थिए।

Advertisement

यसअघि अफगानिस्तानका मुजीब उर रहमानले पनि बिग बासमा मौका पाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top