Nepal Times
Nepal Times
3
Shares

केन्द्रीय सदस्यलाई नै थाहा छैन पार्टीको विधान

केन्द्रीय सदस्यलाई नै थाहा छैन पार्टीको विधान

राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यहरुले नै पार्टीको विधानबारे अनभिज्ञता प्रकट गरेका छन् ।

अध्यक्ष मण्डलका शीर्ष नेताहरुबीच आपसी छलफल भई निर्वाचन आयोगमा पठाइएको सो विधान आफूहरुलाई भने उपलब्ध नगराइएको पार्टीका केन्द्रीय सदस्यहरुले बताएका छन् ।

राजपाले आगामी वैशाखमा महाधिवेशन गर्ने घोषणा गरेको समाचार आजको कारोबारमा छापिएको छ । पार्टीले कुन संगठनात्मक ढाँचाअनुसार महाधिवेशन गर्न लागेको हो, सोबारे निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने र आयोगको अनुमति आवश्यक हुने भएकाले विधान आयोगमा पठाइएको हो ।

पार्टीका नेताहरुका अनुसार, निर्वाचन आयोगले यही साता विधानको अनुमोदित कपी उपलब्ध गराउने भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.