समुद्रसँग छोटिँदै दूरी

समुद्रसँग छोटिँदै दूरी

भारतसँग अन्तरदेशीय जलमार्ग प्रयोग गर्न पाउने गरी व्यापार तथा पारवहन सन्धि संशोधनको मस्यौदा नोपलले अन्तिम चरणमा पुर्याएको छ ।

मस्यौदामा सहमति जुटे नेपालको समुद्रसँगको दूरी निकै छोटिनेछ । मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, प्रस्तावनालाई पूर्णता दिने काम दसैं बिदापछि कार्यालय खुलेसँगै पुनः अघि बढेको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

“अब हामी छिट्टै संशोधनको अवधारणपत्र भारतीय पक्षलाई पठाउनेछौं, के कस्तो संशोधन राख्ने भन्नेबारे करिब–करिब सहमति भइसकेको छ”, मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भने, “संशोधित सन्धिले हामलिाई भारतमा निर्मित जल संरचनामार्फत सामान ढुवानी गर्ने बाटो खुला गर्नेछ ।”

भारतले कलकत्तादेखि बनारससम्म २५ सय मेट्रिक टनसम्म भारवहन क्षमताका मालवाहक जहाज चल्ने जलमार्ग विकासलाई तीव्रता दिइरहेका बेला गत अप्रिल ७ मा उक्त संरचना नेपाललाई पनि प्रयोग गर्न दिने गरी नयाँ कनेक्टिभिटीमा समझदारी भएको थियो ।

त्यसलाई मूर्त रुप दिन दुवै देशका अधिकारी सम्मिलित संयुक्त अध्ययन टोली बनाइएको छ । टोलीको जुलाई १५ र १६ मा काठमाडौंमा बसेको पहिलो बैठकले नेपाललाई जलमार्गसँग जोड्न सन्धि संशोधनको निर्णय गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.