२३ कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै ।
आजको पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे १२ बजेदेखि सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रने ।
जारी प्रतियोगितामा कर्णाली याक्सले चार खेल खेलेको छ। तीमध्ये दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको कर्णालीले चार अंक रहदा पोखरा एभेन्जर्स अहिलेसम्म खेलेका चारवटै खेलमा हार बेहोर्न बाध्य ।
पोखराका लागि आजको खेल जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हासिल गर्ने अवसर ।
प्रतियोगितामा आफ्नो संभावना जिवित राख्न दुवै टिमलाई जित्नैपर्ने बाध्यता ।
आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज आमनेसामने हुनेछन्।
चितवनले चार खेलबाट पाँच अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ भने काठमान्डु गोर्खाज चार खेलमध्ये तीनमा जित र एकमा हार बेहोर्दै छ अंकसहित तालिकाको दोस्रो स्थानमा ।



