इरानले सार्वजनिक ग¥यो ‘मिसाइल सिटी’को भिडियो

२६ कात्तिक २०८३, बिहीबार
Share this
681shares

२६ कार्तिक , काठमाण्डौ ।

Advertisement

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) द्वारा ब्यालिस्टिक तथा क्रुज मिसाइल र तिनलाई प्रक्षेपण गर्ने प्रणाली राखिएको नयाँ भूमिगत ‘मिसाइल सिटी’को भिडियो सार्वजनिक ।

आईआरजीसीसँग सम्बन्धित समाचार संस्था तस्नीमले उक्त सैन्य संरचनाको भिडियो तथा तस्बिर सार्वजनिक गरेको हो।

Advertisement

सार्वजनिक भिडियोमा भूमिगत सुरुङ तथा करिडोरमा विभिन्न प्रकारका मिसाइल र सैन्य उपकरणहरू राखिएको देखिन्छ।

तर, संरचनाको वास्तविक स्थान, त्यहाँ भण्डारण गरिएका मिसाइलको संख्या र प्रकारबारे खुलाइएको छैन।

उद्घाटन कार्यक्रममा इरानका चिफ अफ स्टाफ मेजर जनरल अली अब्दुल्लाही र आईआरजीसीका कमान्डर ब्रिगेडियर जनरल माजिद मौसवी सहभागी थिए।

कार्यक्रममा आवश्यक परे इरानले क्षेत्रभरिका शत्रुका सैन्य ठेगानालाई निशाना बनाउन सक्ने मौसवीको चेतावनी ।

अमेरिका र इजरायलको हवाई आक्रमणका बाबजुद आफ्ना सैन्य संरचना सक्रिय रहेको तथा करिब ९० प्रतिशत मिसाइल भण्डारण केन्द्र तथा भूमिगत सुरुङ सञ्चालनमा रहेको इरानको भनाइ ।

युद्धअघि इरानसँग करिब दुई हजार पाँच सय मिसाइल रहेकामा अहिले तीमध्ये एक हजारदेखि १५ सयसम्म प्रयोग गर्न सकिने अवस्थामा रहेको अनुमान ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top