त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलको छानो चुहिएर जलमग्न

२६ कात्तिक २०८३, बिहीबार
Share this
779shares

२६ कार्तिक , काठमाण्डौ ।

Advertisement

असिनासहित परेको भीषण वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन बुधबार दिउँसो जलमग्न ।

कमजोर छानाबाट पानी भित्र चुहिएपछि विभिन्न गन्तव्यतर्फ उड्न विमानस्थल पुगेका यात्रुहरूले सास्ती व्यहोर्नुपरेको भन्दै गुनासो ।

Advertisement

पानी जमेका कारण विभिन्न वायुसेवा कम्पनीका चेक–इन काउन्टरमा बोर्डिङ पास लिएर प्रतीक्षा गरिरहेका तथा भित्र–बाहिर आउजाउ गर्ने यात्रुहरूको आवागमन प्रभावित भएको थियो ।

टर्मिनल भवनको कमसल छानोबाट पानी चुहिएर भुइँमै भेल बगेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को भनाइ ।

गत वर्षको बर्खामा पनि यसैगरी टर्मिनल भवनभित्र पानी चुहिएर जलमग्न भएको थियो ।

कमजोर पूर्वाधारका कारण सामान्य झरीमै पनि अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षभित्र पानी जम्ने समस्या दोहोरिँदै ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top