सशस्त्र प्रहरी नै घुस्याहा

जनकपुर,कार्तिक ६
जनकपुरमा घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार पक्राउ परेका छन् ।

Advertisement

भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै उनले ११ हजार घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

जनकपुरको कदम चोकबाट घुस रकमसहित सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर गिरी पक्राउ परेका अख्तियारले जनाएको छ ।

Advertisement

उनलाई भारतीय बजारबाट घरायसी सामान भन्सार नतिरी नेपाल प्रवेश गराउने भन्दै ब्यापारीसँग रकम लिदै गर्दा पक्राउ गरेको अख्तियारको भनाइ छ ।

Advertisement

सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कदम चोकस्थित एक पसलबाट सशस्त्र प्रहरीको घुमुआ गिरीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका गिरीबारे थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top