समुदायको स्वास्थ्य सेवामा नोबेल मेडिकल कलेजको सक्रिय सहभागिता

२ मंसिर २०८३, बुधबार
Share this
793shares

२३ असोज , विराटनगर ।

Advertisement

विराटनगर । समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सिरहाको लहानमा सञ्चालित तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगरले स्वास्थ्य सेवा प्रदान गरेको छ।

लहान नगरपालिका र एसओएस बालग्राम नेपालको आयोजनामा समुदायमा आधारित परिवार सबलीकरण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको शिविरमा नोबेल मेडिकल कलेजले स्वास्थ्य सेवामा सहकार्य गरेको हो।

Advertisement

शिविर असोज १९ देखि २१ गतेसम्म लहान नगरपालिकाका विभिन्न तीन स्थानमा सञ्चालन गरिएको थियो।

असोज १९ गते वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय पडरिया थारू टोल, असोज २० गते वडा नम्बर १५ स्थित सगरमाथा माध्यमिक विद्यालय र असोज २१ गते वडा नम्बर २४ स्थित लेखनाथ माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरी स्थानीय नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।

आफ्नै समुदायमा निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित शिविरले स्थानीय नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्न सहयोग पुर्‍याएको छ। विशेषगरी स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुने तथा विभिन्न कारणले नियमित स्वास्थ्य परीक्षण गराउन नपाएका नागरिकका लागि यस्ता शिविर उपयोगी हुने अपेक्षा गरिएको छ।

शिक्षण अस्पतालका रूपमा चिकित्सा शिक्षा र उपचार सेवासँगै समुदायको स्वास्थ्य प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएको नोबेल मेडिकल कलेजको सहभागिताले शिविरलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको छ।

स्वास्थ्य सेवा अस्पतालको चार पर्खालभित्र मात्र सीमित नराखी समुदायका नागरिकसम्म पुर्‍याउनुपर्ने मान्यतासहित नोबेल मेडिकल कलेजले यस्ता सामाजिक तथा जनस्वास्थ्यसम्बन्धी गतिविधिमा सहभागिता जनाउँदै आएको छ।

गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने लक्ष्यसहित समुदायको स्वास्थ्य सुधारमा सहकार्य र योगदान गर्ने प्रतिबद्धता नोबेल मेडिकल कलेजले दोहोर्‍याएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top