५.४ रेक्टरको भूकम्प, तपाईले महसुस गर्नुभयो ?

८ मंसिर २०८३, मंगलबार
Share this
801shares

८ मंसिर , काठमाण्डौ ।अहिले विहानै देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । ५.४ म्याग्निच्युडको भूकम्प मापनद गरिएको यो खबरका साथ हामी नेपाल टाइम्समा उपस्थित भएका छौं । नेपालको उत्तर÷पुर्वि तर्फ भारत – चीन सिमाना नजिक करिब ५.४ म्याग्निच्युड आसपासको भुकम्प गएको छ । यसको केन्द्र ताप्लेजुङको उत्तरी क्षेत्र कंचनजंगा आसपास रहेको छ। एन्ड्रोइड भूकम्प अलर्ट सिस्टमका अनुसार बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड अनुमान गरिएको छ। उक्त प्रणालीका अनुसार भूकम्पको केन्द्रविन्दु लेलेप क्षेत्रबाट करिब ८ किलोमिटर टाढा रहेको थियो।

Advertisement

भूकम्पको धक्का नेपालसहित भारत, बंगलादेश, भुटान र चीनसम्म महसुस गरिएको बताइएको छ। राजधानी काठमाडौं उपत्यकामा समेत भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले बताएका छन्। बिहानै गएको भूकम्पका कारण विभिन्न क्षेत्रमा सर्वसाधारण त्रसित भएका थिए। धक्का महसुस भएपछि कतिपय मानिस घरबाट बाहिर निस्किएका थिए। विशेषगरी भूकम्पको केन्द्रविन्दु आसपासका क्षेत्रमा स्थानीयवासीमा त्रास फैलिएको बताइएको छ।भूकम्पबाट भएको सम्भावित मानवीय तथा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन। प्रभावित क्षेत्रको अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको छ। आधिकारिक निकायबाट भूकम्पको तीव्रता, केन्द्रविन्दु तथा सम्भावित क्षतिबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।बिहान ७ः१७ बजे कोशी प्रदेशको लेलेप नजिकै केन्द्रबिन्दु भएर अनुमानित ५.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै क्षति वा मानवीय हताहती भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन। बंगलादेश, नेपाल, भारत, भुटान र चीनमा भूकम्पको धक्का महसुस भएको अन्तराष्ट्रिय संचारमाध्याममा उल्लेख । काठमाडौ, विराटनगर, पूर्वी पहाडी जिल्ला, दाङ, सिन्धुली लगायतका जिल्लामा पनि भूकम्पको कम्पन महसुस भएको छ । भूकम्पको केन्द्रबिन्दु, तीव्रता तथा सम्भावित क्षतिको आधिकारिक विवरण आउन बाँकी । यसबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आधिकारिक जानकारी प्रतीक्षा छ । तपाई कुन ठाउँमा हुनुहुन्छ ? तपाईले महसुस गर्नु भएको छ कि छैन ? कमेन्ट गर्नुहोला ।

पृथ्वीको सतह अचानक हल्लिने प्राकृतिक घटनालाई भूकम्प भनिन्छ । पृथ्वीको भित्री भागमा हुने हलचलका कारण जमिन कम्पन हुँदा भूकम्प जान्छ । सामान्यतया पृथ्वीको सतहमा रहेको चट्टान तथा जमिनका ठूला भागहरू एकआपसमा ठोक्किँदा, सर्दा वा चिप्लिँदा भूकम्प उत्पन्न हुन्छ ।पृथ्वीको बाहिरी सतह विभिन्न ठूला टुक्रामा विभाजित छ, जसलाई टेक्टोनिक प्लेट भनिन्छ ।

Advertisement

यी प्लेटहरू पृथ्वीको भित्री भागमा रहेको तातो पदार्थको प्रभावका कारण बिस्तारै चलिरहेका हुन्छन् । कुनै प्लेट अर्को प्लेटसँग ठोक्किन्छ, कुनै एकअर्काबाट टाढिन्छन् भने कुनै एकअर्काको छेउबाट सर्छन् । यस्ता प्लेटहरू लामो समयसम्म एकआपसमा अड्किएर बस्दा चट्टानमा तनाव जम्मा हुँदै जान्छ । जब चट्टानले त्यो तनाव थेग्न सक्दैन, तब अचानक चिरा पर्छ वा चट्टानको भाग सर्छ ।

यसरी जम्मा भएको ऊर्जा भूकम्पीय तरङ्गका रूपमा चारैतिर फैलिन्छ र पृथ्वीको सतह हल्लिन्छ । यही प्रक्रियालाई भूकम्प जानु भनिन्छ ।भूकम्प सुरु हुने पृथ्वीभित्रको स्थानलाई केन्द्र (फोकस) भनिन्छ भने त्यसको ठीक माथि पृथ्वीको सतहमा पर्ने स्थानलाई अधिकेन्द्र (इपिसेन्टर) भनिन्छ । सामान्यतया अधिकेन्द्र नजिकका क्षेत्रमा कम्पन बढी महसुस हुन सक्छ ।

भूकम्पको शक्ति मापन गर्न म्याग्निच्युड स्केल प्रयोग गरिन्छ । यसको मापनबाट भूकम्पले कति ऊर्जा उत्सर्जन ग¥यो भन्ने थाहा हुन्छ । भूकम्पको असर भने यसको गहिराइ, केन्द्रदेखि दूरी, जमिनको बनावट र भवनको संरचनामा पनि निर्भर गर्छ । नेपाल भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्छ ।

भारतीय र युरेसियन टेक्टोनिक प्लेटबीचको निरन्तर धक्काका कारण हिमालय क्षेत्रमा भूकम्प जाने सम्भावना रहन्छ । त्यसैले भूकम्प प्रतिरोधी भवन निर्माण गर्नु र भूकम्पका बेला सुरक्षित रहने उपायबारे जानकारी राख्नु आवश्यक छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top