बढुवा हुँदा लड्डु बाँड्नुपर्ने दानबहादुर मुद्दा लिएर सर्वाेच्चमा

९ मंसिर २०८३, बुधबार
Share this
759shares

९ मंसिर , काठमाण्डौ ।

Advertisement

दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएको नभई बढुवा गरेर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएको महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको दलील ।

बुधबार सर्वोच्च अदालतमा कार्कीले दायर गरेको रिटमाथि बहस गर्दै कँडेलले सरकारले विशेष सल्लाहकारको आवश्यकता महसुस गरी असल नियतले उनलाई उक्त जिम्मेवारी दिएको बताए।

Advertisement

कार्कीलाई बढुवा गरिएको खुसीयालीमा लड्डु बाँड्नुपर्ने भन्दै अदालतमा मुद्दा लिएर आउनु नपर्ने गरे टिप्पणी ।

न्यायाधीश नृपध्वज निरौलाले सरकारको निर्णय आत्मगत हो कि वस्तुगत र कार्कीलाई खटाइएको मात्र भए आईजीपी पद कसरी रिक्त भयो भन्दै प्रश्न गरेका थिए।

जवाफमा कँडेलले कार्कीलाई बढुवा गरी सुरक्षा सल्लाहकारमा पठाएपछि रिक्त पदमा डा. मनोजकुमार केसीलाई जिम्मेवारी दिइएको बताए।

निर्णय गर्ने पक्षलाई विपक्षी नबनाइएको, निर्णय कार्यान्वयन भइसकेको र शान्ति सुरक्षा कायम गर्नुपर्ने अवस्थालाई आधार बनाउँदै रिटमा अन्तरिम आदेश जारी गर्न नहुने कँडेलको जिकिर।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top