Nepal Times
Nepal Times
3
Shares

बडादशैँको अन्तिम दिन प्रधानमन्त्रीबाट विशिष्ट व्यक्तिलाई टीका

बडादशैँको अन्तिम दिन प्रधानमन्त्रीबाट विशिष्ट व्यक्तिलाई टीका

काठमाडौँ, कात्तिक ७
बडादशैँको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट आज विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले आज टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग टीकाको दिनदेखि हालसम्म पनि निरन्तररुपमा टीका ग्रहण गर्ने विशिष्ट व्यक्ति तथा सर्वसाधारणको उल्लेख्य भीड लागेको छ ।

बडादशैँको अन्तिम दिन आज मन्त्री, प्रतिनिधिसभाका सदस्य, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तित्व, राजनैतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारण गरी करीब २०० जनाले टीका ग्रहण गरेका छन् ।

टीका लगाइदिँदै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनाका साथ देश विकासमा एक ढिक्का भई समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि आआफ्नो ठाउँबाट लागिपर्न सबैमा दशैंँले प्रेरणा मिलोस्् भन्ने सबैमा शुभकामना व्यक्त गरेका छन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.