छुट्टाछुटै सवारी दुर्घटनामा २ जनाको मृत्यु

७ कात्तिक ७५, बिहीबार

मोरङ, कार्तिक ७

मोरङ र सुनसरीका २ छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यू भएको छ । मोरङको ग्रामथान गाँउपालिका–४ मोतीपुरमा को २ त १५२८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदल यात्री सोही स्थान बस्ने बर्ष ५५ की धिरादेवी बिश्वासको मृत्यू भएको छ ।

आज बिहान ११ः ०० बजेको समयमा मोतीपुर स्थित भित्री बाटोमा उक्त नम्बरको ट्याक्टरले ठक्कर दिंदा बिश्वास गम्भीर घाईते भएकी थिईन् । घाईतेलाई प्रहरी चौकी मोतीपुरबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको थियो ।

Advertisement

घाइतेको उपचारकै क्रममा आज दिउसो १२स्०० बजे मृत्यू भएको हो । दुर्घटनामा संग्लग्न ट्रयाक्टर प्रहरी चौकी मोतीपुरको नियन्त्रणमा रहेको छ भने ट्रयाक्टर चालक तत्काल फरार रहेको हुँदा खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–८ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यू भएको छ । सुनसरीको ईटहरीबाट धरान तर्फ जाँदै गरेको ना ४ ख ८५६४ नम्बरको यात्रुबाहक बसले सोही दिशाबाट धरान तर्फ जाँदै गरेको अन टेष्ट स्कुटरलाई पछाडीबाट ठक्कर दिंदा स्कुटर चालक ईटहरी –६ का १८ बर्षिय प्रताप चौधरी गम्भिर घाईते भएका थिए ।

Advertisement

घाईतेलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि धरान स्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएकोमा चौधरीको उपचारकै क्रममा मृत्यू भएको थियो । दुर्घटनामा संग्लग्न बस, बस चालक र स्कुटर समेत ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top