दशौँ राष्ट्रिय खेलकुदमा वाग्मती शीर्ष स्थानमा, कर्णाली पदकविहीन

१३ मंसिर २०८३, आइतबार
Share this
822shares

१३ मंसिर , काठमाण्डौ ।

Advertisement

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशमा जारी खेलहरूको पदक तालिकामा वाग्मती प्रदेशले अग्रता कायमै ।

हालसम्म वाग्मतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जित्दा गैरआवासीय नेपाली संघ (एनआरएन) १२ स्वर्णसहित दोस्रो स्थानमा ।

Advertisement

तालिकामा ११ स्वर्णसहित तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लब आर्मीले कुल ५० पदक जित्दा नेपाल पुलिस क्लब आठ स्वर्णसहित चौथो स्थानमा ।

यसैगरी गण्डकी र कोसीले समान चार स्वर्ण जितेका छन् भने एपीएफले तीन स्वर्ण प्राप्त गर्याे ।

लुम्बिनी र सुदूरपश्चिमले समान दुई स्वर्ण जित्दा मधेस प्रदेशले दुई कास्य पदकमा सिमित ।

प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारी अपूरो हुँदा अपेक्षित नतिजा आउन नसकेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् भने फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, कराते, बक्सिङ र जिम्न्यास्टिकलगायत खेल जारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top