Nepal Times
Nepal Times
3
Shares

हिलारी र ओबामालाई पत्रमार्फत ‘विस्फोटक’ उपकरण

हिलारी र ओबामालाई पत्रमार्फत ‘विस्फोटक’ उपकरण

एजेन्सी,कात्तिक ८
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई अज्ञात व्यक्तिले ‘विस्फोटक’ उपकरण पठाइएको समाचार छ  । अमेरिकी गुप्तचर संस्था (एफबीआई) ले जनाएअनुसार उनीहरूलाई पत्रमार्फत उक्त उपकरण पठाइएको हो  ।

गुप्तचर निकायले विज्ञप्तिमार्फत जनाएअनुसार हिलारीलाई सम्बोधन गरेर पठाइएको प्याकेज मंगलबार फेला परेको थियो । तर सो शंकास्पद प्याकेज कहाँ फेला परेको थियो भन्नेबारे भने स्पष्ट भएको छैन ।

बुधबार नै ओबामालाई सम्बोधन गरिएको प्याकेज फेला परेको थियो । यो घटनाका बारेमा अनुसन्धान गरिने एफबीआईले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.