Nepal Times
Nepal Times
3
Shares

इराकका नयाँ प्रधानमन्त्रीद्वारा सपथग्रहण

इराकका नयाँ प्रधानमन्त्रीद्वारा सपथग्रहण

बग्दाद, कात्तिक ८
इराकको नयाँ प्रधानमन्त्रीको रुपमा अदेल अब्दुल माहदीले बुधबार सपथग्रहण गरेका छन् । इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले सपथ गरेका हुन् ।

संसदले भने २२ मध्ये १४ जनाको नामलाई अनुमोदन गरेको छ । संसदका सभामुखले मन्त्रीहरुको नाम एकपछि अर्को गर्दै पढेर संसदमा सुनाएका थिए । बुधबार संसदले अनुमोदन गरेका प्रधानमन्त्री माहदी र १४ जना मन्त्रीले सपथ लिएका हुन् ।

संसदको अधिवेशनले प्रधानमन्त्री माहदीले अघि सारेको सरकारको कार्यक्रम पनि व्यापक छलफल पश्चात पारित गरेको छ ।संसदमा उपस्थित २२० जना सांसदले मन्त्रीहरुको नामलाई अनुमोदन गरेका थिए ।
रासस÷सिन्ह्वा

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.