×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्स निराश

९ कार्तिक २०७५

पोखरा, कात्तिक ९
पोखरा पल्टनले पोखरा प्रिमियर लिग क्रिकेटमा सुखद सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनको फराकिलो अन्तरले हराएको हो ।

१ सय ९८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो । विराटनगरको सुरुवाती समयमै विकेट गुमाएको थियो ।

Advertisement
Advertisement

१७ रन हुदा पहिलो विकेटको रुपमा सुनिल धमलालाई गुमाएको विराटनगरले दोस्रो विकेटको रुपमा प्रदीप ऐरीलाई गुमाएको थियो । विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३०,३० रन बनाए ।

त्यस्तै, सन्दीप लामिछानेले अविजित १४ रन बनाए । त्यस्तै एन्ड्रव सुविकसानले १४, सुनिल धमलाले ११, प्रदीप ऐरी र जितेन्द्र ढकुरीले समान १०९१० रन बनाए । बलिङतर्फ ललितनारायण राजवंशीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । पोखराका लागि आशिफ शेखले ५२, रवि इन्दर सिंहले ४४ र विनोद भण्डारीले अविजित ४१ रन बनाए ।

Advertisement
Advertisement

विनोदले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ५ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, कुशल भुर्तेलले ३८ रन बनाए । सन्दीप लामिछानेले २ विकेट लिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top