प्रथम कालुराम स्मृति ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

९ कात्तिक ७५, शनिबार

विराटनगर, कार्तिक ९
विराटनगरमा दुई दिनदेखि जारी प्रथम कालुराम सरजमल स्मृति ब्याटमिन्टन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । मोरङ जिल्ला ब्याटमिन्टन संघको आयोजनामा विराटनगरस्थित कर्भड हलमा खुला ब्याटमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा (४० वर्ष माथि)का मेन्स डबल्स र माष्टर डबल्सका दुई इभेन्टमा खेल भएको थियो ।

प्रतियोगितामा मोरङ र सुनसरीका ६६ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताको मेन्स डबल्समा सुनसरीका सुदर्शन गुरुङ र सविन खनालको जोडी प्रथम, विराटनगरका विनोद डाँगी र शशि चौधरीको जोडी द्वितीय, पथरीका हेम गुरुङ र विकास श्रेष्ठ तथा विराटनगरका यसवन्त विक्रम साह र सन्दीप श्रेष्ठको जोडी तृतीय भए ।

Advertisement

त्यस्तै माष्टर डबल्समा विराटनगरका सन्दीप श्रेष्ठ र यसवन्त विक्रम साहको जोडी प्रथम, पथरीका पदमबहादुर धिमाल र विकास श्रेष्ठको जोडी द्वितीय, विराटनगरका किरणसिंह बस्नेत र विनोद डाँगी तथा विराटनगरकै ज्ञानेन्द्र भट्टराई र डाक्टर मनोज लाखेको जोडी तृतीय भए । प्रतियोगिताका प्रथम हुनेले नगद १५ हजार, द्वितीयले नगद १० हजार र तृतीयले ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top