खैरो हेरोइन सहित १ युवक पक्राउ

९ कात्तिक ७५, शनिबार

झापा, कार्तिक १०

लागूऔषध खैरो हेरोइन सहित झापाको मेचीनगर नगरपालिका–६ स्थित ग्रेस होटल अगाडीबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलिले शुक्रबार बिहान करिब साढे ११ बजे अन्दाजी ४ हजार मूल्य बराबरको २ ग्राम खैरो हेरोइन सहित मेचीनगर नगरपालिका–६ बस्ने बर्ष २४ को भानुभक्त बस्नेतलाई पक्राउ गरेको हो ।

Advertisement

लागूऔषध सहित पक्राउ परेका बस्नेतलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top