काठमाडौंले धनगढीलाई १७ रनले हरायो

१० कात्तिक ७५, शनिबार

पोखरा,कात्तिक १०
पोखरामा जारी नेपालको सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको छ ।

Advertisement

काठमाडौंले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको एक्सपर्ट धनगढी ब्लुजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रनमात्र बनाउन सक्यो । धनगढी ब्लुजका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रनको अर्धसतकिय इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेन । उनले ४२ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे ।

मध्यम शुरुवात गरेको धनगढीका लागि सन्दीप जोराले २७ रन जोडे । ११ बल खेलेका जोराले ३ छक्का र र १ चौका प्रहार गरे । सौरभ खनाल १४ बलमा १७ रन बनाउँदै पेभेलियन फर्किए । पिटर डेभिड ट्रेगोले १९ रन बनाए ।

Advertisement

सन्दीप सुनारले ११, ड्यानियल लरेन्स ८ रनमा आउट भए । मन्जित श्रेष्ठ ४ रनमा आउट भए । सन्तोस भट्ट ७ रनमा नटआउट रहे ।काठमाडौंका सुसन भारी, अमरसिंह राउटेला र बसन्त रेग्मीले समान २ विकेट लिए । नन्दन यादव र गौरव तोमरले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको योगफल खडा गर्यो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गौरवले ४४ बलमा ९५ रन जोडे । उनले ४ चौका र १० छक्का प्रहार गरेका थिए ।

Advertisement

उनलाई तेस्रो विकेटका लागि नरेश बुढाएरले राम्रो साथ दिएका थिए । यी दुइले ९६ रनको साझेदारी गरे । नरेशले २४ बलमा २ चौका र २ छक्कासहित ३६ रनको आक्रामक इनिङस खेले ।

त्यसअघि काठमाडौंका लागि दुवै ओपनरले औसत सुरुवात दिएका थिए । अमित श्रेष्ठले २१ बलमा १२ रन जोडे । जयकिशन कोल्सावालाले ३० बलमा २५ रन जोडे । उनले गौरवसँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । धनगढीका लागि पिटर ट्रेगो, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए ।

लिग अन्तरगत आइतबार पहिलो खेलमा विराटनगर टाइटन्स र एक्सपर्ट घनगढी ब्लुज तथा बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच खेल हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top