×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एम्बुस सडक : २४ घण्टामा चारको मृत्यु

११ कार्तिक २०७५

काठमाडौं,कात्तिक ११
खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो । सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ ।

असुरक्षित सडक र लापरबाह चालकका कारण तारकेश्वर नगरपालिका लोलाङहाइटकी तिलकुमारी तिवारीसहित तीनजनाको शुक्रबार मृत्यु भयो । बिहान १० बजेतिर ७० वर्षीया तिवारी घरबाट पसलतिर जाँदै थिइन् ।

Advertisement

उनीसँगै साढे तीन वर्षीय नाति आजित र छिमेकी साबित्री पुडासैनी थिए । तीनजना बाटोमा हिँडिरहेका बेला मालबहालक ट्रकले ठक्कर दियो । तिवारीको घटनास्थलमै र अन्य दुईको उपचारक्रममा मृत्यु भयो । ज्यान गुमाउने मध्ये तिवारी र उनका नाति गोरखा सहिद गाउँपालिका तथा ६० वर्षीया पुडासैनी नुवाकोट ककनीका स्थायी बासिन्दा थिए ।

काठमाडौं उपत्यकाका सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । सो घटनाको २४ घण्टा नबित्दै कीर्तिपुरमा श्याम श्रेष्ठको पनि ज्यान गयो । डल्लुबाट साइकलमा दक्षिणकाली जानेक्रममा त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार नजिकैको खानेपानीको धरापयुक्त मंगालमा खसेर उनको ज्यान गयो ।

मंगालको ढकनी नलगाएका कारणले त्यसमा खसेर उनको ज्यान गएको हो। उपत्यकामा २४ घण्टामा सडकका कारण भएका प्रतिनिपधमूलक दुखद घटना हुन् यी । उपत्यकामा यस्ता खाले घटना नयाँ होइनन् ।

Advertisement

उपत्यकामा पछिल्ला दिनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालय र काठमााडौं उपत्यका खानेपानी लिमिटेडको चरम लापरबाहीका कारणले यस्ता घटना बारम्बार भइरहेका छन् । पाइप राख्न सडक खनेर छाड्ने गर्दा दुर्घटना बढ्न गएका छन् । ,आजको नागरिक दैनिकले यो समाचार छापिएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top