शेयर बजार दोहोरो अङ्कले घट्यो

१० कात्तिक ७५, आइतबार

काठमाडौँ,कात्तिक ११
धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । कारोवार शुरु भए लगत्तैदेखि आरोलो लाग्न शुरु गरेको बजार बन्द हुँदासम्म कारोवार मापक सूचक नेप्से १४ दशमलब ७३ विन्दुले झरेर एक हजार २२६ दशमलब ३८ विन्दुमा पुगेको छ ।

प्रतिशतका आधारमा एक दशमलब १९ विन्दुले बजार ओरोलो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३ दशमलब २३ विन्दुले आरोलो लागेर २६० दशमलब ७८ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोबार रकम भने सामान्य अवस्थामा नै छ । कूल १६० कम्पनीको ११ लाख ९७ हजार १०६ कित्ता शेयर रु ३२ करोड ६४ लाख ८३ हजार ६७३ मूल्यमा खरीद बिक्री भएको छ ।

Advertisement

आज बैंकिङ १६ दशमलब ८१, होटल १५ दशमलब एक, विकास बैंक १० दशमलब ६, जलविद्युत् नौ दशमलब ७५, वित्त ६ दशमलब ५, निर्जीवन बीमा ७९ दशमलब ७३, उत्पादन ३ दशमलब ७२, अन्य २ दशमलब ३७, माइक्रोफाइनान्स १४ दशमलब ९७ र जीवन बीमा ५४ दशमलब ११ बिन्दुले ओरालो लागेको छ ।

स्टककाअनुसार ओरालो लागेको बजारमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, रैराङ जलविद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् भने आइएमइ जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड फाइनान्स कम्पनी र गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका शेयरधनीले गुमाएका छन् ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top