पीपीएल : लगातार दोस्रो जित दर्ता गराउँदै बुटबल तालिकाको शीर्ष स्थानमा

१० कात्तिक ७५, आइतबार

पोखरा,कात्तिक ११
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत आज भएको दोस्रा खेलमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई ३३ रनले हराएको छ । लगातार दोस्रो जित निकाल्दै बुटवल शीर्ष स्थानमा उक्लिएको हो ।

Advertisement

आइतबार पोखराको पोखरा रंगशालामा बुटवलले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनाएको हो ।

पोखराका लागि आशिफ शेखले १५ बलमा २० रन, रभि इन्दर सिंहले २१ बलमा ११ रन, शरद भेषावकरले २४ बलमा १९ रन बनाए । रसिद खानले ८ बलमा १० रन, मोहम्मद नाभेदले ९ बलमा ११ रन बनाए । बुटवलको कसिलो बलिङका सामु पोखरा टिक्न सकेन ।

Advertisement

बुटवलका लागि सोमपाल कामी, रोहन मुस्तफा, ललित भण्डारी र विपिन खत्रीले दुईरदुई साथै सागर पुनले एक विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ५० रन बनाएको थियो ।

बुटवलका ओपनर चिराग सुरी र सागर पुन चल्न नसके पनि रोहन मुस्तफा र भीम सार्कीले उत्कृष्ट पारी खेलेका थिए । रोहनले ३५ बलमा ४५ रन बनाए भने भीमले ४६ बलमा ५४ रन बनाए । सिद्धान्त लोहनीले ११ बलमा १३ रन साथै सोमपाल कामीले ८ बलमा २२ रन बनाए ।

Advertisement

पोखराका मोहम्मद नाभेदले अन्तिम ओभरमा नै तीन विकेट लिए । साथै महबुब आलम, ललित राजबंशी, शरद भेषावकरले एकरएक विकेट लिए ।

आइतबार नै भएको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top