×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

एमाले-माओवादीका आ-आफ्नै प्राथमिकता, ओली र प्रचण्डको औपचारिक भेटवार्ता आज

२८ मंसिर २०७४

वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता नै भएर कुराकानी भने भएको छैन ।

दोस्रो चरण (२१ मंसिर) मा सम्पन्न चुनावअगाडि १७ मंसिरमा यी दुई नेताबीच छलफल भएको थियो । त्यसयता ओली-दाहाल भेट भएको छैन । ओलीले चुनाव परिणामपछि बुधबार दाहालसँग छलफलका लागि आग्रह गरेका थिए ।

Advertisement
Advertisement

तर, दाहालले आफू मतदाताबीच व्यस्त रहनुपर्ने कारण खुलाएपछि ओली-दाहालबीच बुधबार भेट हुन पाएन । दाहाल बिहीबार मध्याह्न मात्र काठमाडौं आइपुग्नेछन् । भरतपुर महानगरपालिका वडा नम्बर ६, ८ र ९ का मतदातासँग बिहानै भेटेर मध्याह्नसम्म काठमाडौं आउने गरी दाहालले कार्यक्रम बनाएका छन् ।

दाहाल काठमाडौं आएसँगै ओलीसँग हुने भेटवार्तामा नयाँ सरकार र पार्टी एकतालगायत विषयमा छलफल हुने माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले अन्नपूर्णलाई बताए ।

‘ओलीजीले बुधबार नै भेटघाटको कुरा गर्नुभएको थियो तर अध्यक्ष (दाहाल)को जिल्लामै कार्यक्रमको व्यस्तताका कारण सम्भव भएन । बिहीबार दुई नेताबीच भेट भएर छलफल हुन्छ’, उनले भने ।

Advertisement
Advertisement

दुई नेताबीच अबको सरकारको नेतृत्वका विषयमा मोटामोटी छलफल चलिसकेको छ । निर्वाचन परिणाममा एमाले ठूलो दल बनेपछि एमाले अध्यक्ष ओलीले नै नयाँ सरकारको नेतृत्व गर्ने अनौपचारिक समझदारी भइसकेको छ । तर, त्यसको औपचारिक निर्णय नभएका कारण मात्र ओलीको नाम प्रस्तावका रुपमा आउन भने सकिरहेको छैन ।, यो  खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top