विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य र करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणमा दुबइबाट पक्राउ परेका बेनु श्रेष्ठ कारागार चलान भएका छन् ।
अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ परेका श्रेष्ठ आईतबार जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
जिल्ला न्यायाधिश नारायणप्रसाद शर्माको इजलासबाट श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलानको आदेश भएको अदालतका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए । शर्माको इजलासले प्राप्त प्रमाणको आधारमा छोड्न नमिल्ने उल्लेख गरेको छ ।
।
गत माघ पहिलो साता तस्करी गरेर ल्याएको सुन बाटो बाटै हराएपछि हराएको सुन खोज्ने क्रममा चणामणि उप्रेती गोरेसहितको समुहले यातना दिँदा गत फागुन १८ गते भरिया सनम शाक्यको मृत्यु भएको थियो ।
श्रेष्ठले पनि गोरे गिरोहकै काम गर्ने बताइए पनि उनले अदालतमा इन्कार गरेका छन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।