दोहोरो अङ्कले घट्यो शेयर बजार

१२ कात्तिक ७५, मंगलबार

काठमाडौँ,कात्तिक १२

लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ ।  कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा पुगेको छ । आइतबार पनि बजार १४ दशमलब ४३ बिन्दुले घटेको थियो ।

Advertisement

नेप्से परिसूचकमा आएको गिरावट जस्तै कारोवार रकममासमेत गिरावट आएको छ । कूल १६० कम्पनीको नौ लाख ८७ हजार ३२१ कित्ता शेयर रु २४ करोड ९१ लाख ९६ हजार २७० मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार बैंकिङ ८ दशमलब ६८, होटल ४८ दशमलब ७६, विकास बैंक ११ दशमलब ९६, जलविद्युत् ११ दशमलब शून्य चार, वित्त ३ दशमलब शून्य एक, निर्जीवन बीमा ७६ दशमलब ६५, उत्पादन ११ दशमलब शून्य आठ, अन्य ७ दशमलब २६, माइक्रोफाइनान्स ९ दशमलब शून्य दुई र जीवन बीमा १७ दशमलब शून्य एकले घटेको छ ।

Advertisement

आज रिडी हाइड्रो पावर कम्पनी, खानीखोला हाइड्रो पावर कम्पनी र साना किसान बैंकको लगानीकर्ताले कमाएका छन् भने रैराङ हाइड्रो पावर कम्पनी, पोखरा फाइनान्स लिमिटेड र एनआइबिएल प्रगति फण्ड र युनाइटेड मोदी हाइड्रो पावरका लगानीकर्ताले गुमाएका छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top