नेपाल उपविजेता हुँदै सेमिफाईनलमा प्रवेश, बुधबार पाकिस्तान सँग खेल्न

१२ कात्तिक ७५, मंगलबार

काठमाडौं,कात्तिक १३
ललितपुरमा जारी साफ यु–१५ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले पाकिस्तान सँग खेल्ने भएको छ । सोमबार बंगलादेशसँग २–१ ले पराजित भएसँगै नेपाल समूह ‘ए’ को उप विजेता बनेपछि नेपालले पाकिस्तान प्रतिद्वन्द्वी पाएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा बंगलादेशले खेलको शुरुवातमै मोहम्मद आहाद सकिलको गोलबाट अग्रता बनाएको थियो । ३६औं मिनेटमा जान लिम्बुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

बंगलादेशका गोलरक्षक मितुल मार्माले राकेश विश्वकर्मालाई फल गरेपछि नेपालले पेनाल्टीको मौका पाउदा रेफ्रीले गोलरक्षकलाई सोझै रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए । तर, १० खेलाडीमा समेटिएपनि नेपालले फेरि दोस्रो हाफको शुरुवातमै गोल खान पुग्यो । बंगलादेशका हवल्दारले गोल गरेका थिए । त्यसपछि नेपालले पटकपटक पोस्ट आक्रमण बुनेपनि गोल गर्न असमर्थ रहँदा पराजित हुन पुग्यो ।

Advertisement

सोमबार नै भारतले भुटानलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भयो । सेमिफाइनलका खेल बुधबार हुनेछ । पहिलो सेमिफाइनलमा समूहको विजेता बंगलादेश र समूह ‘बी’ को उपविजेता भारतबीच खेल हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता पाकिस्तान र समूह ‘ए’ को उपविजेता नेपालबीच खेल हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top