सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नापी कार्यालय लहानका कर्मचारी पक्राउ

१२ कात्तिक ७५, मंगलबार

सिरहा,कात्तिक १३
सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएपछि नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले घुससहित पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले चौधरीलाई मगंलबार सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले जानकारी दिए ।

एक जना सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्नेमा कर्मचारीको लापरवाहीका कारण १ कठ्ठा ३ धुर लेखिएको श्रेस्ता सच्याउन सर्वेक्षक चौधरीसँग एक वर्ष अघिदेखि मोलमोलाई हुँदै आएको जनाइएको छ ।

Advertisement

श्रेस्ता सच्याउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस मागेको भएपनि उनीहरुबीच धेरै दुई लाख रुपैयाँमा कुरा मिलेको बुझिएको छ ।

सेवाग्राहीको सहयोगमा ती कर्मचारीलाई नियन्त्रणमा लिइएको उपरीक्षक केसीले बताए । पक्राउ परेका चौधरीलाई अख्तियार टोलीले कार्यालयमै राखेर मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top